२६ कार्तिक २०७८, शुक्रबार   566 पटक हेरिएको


image

पालिका एक्सप्रेस , स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको ११,७५३ कित्ता सेयर कात्तिक २५ गतेबाट लिलामी मार्फत बिक्रीमा राखिएको छ। 

यस लघुवित्त कम्पनीको सो शेयरमा आवेदन मंसिर १ गते बैंकिङ समयसम्म दिन सकिने छ ।यस लघुवित्त कम्पनीको लिलामीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ६७५ रुपैयाँ तोकिएको छ ।

लिलामी शेयरमा बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ।बोलपत्र पेस गर्दा न्यूनतम १००० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाएको छ । 

लिलामी शेयरमा योग्य इच्छुक जो-कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन। ईच्छुक लगानीकर्ताले आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, काठमाण्डौमा दिनुपर्नेछ।





सम्बन्धित समाचार