२५ कार्तिक २०७८, बिहीबार   152 पटक हेरिएको


image

सरकार तिमी रेमिट्यान्समा रमाउने

हाम्रो युवा खाडी अरबमा पलायन

तर पनि तिमीलाई छैन कुनै चिन्ता !

शिक्षामा परिवर्तन चाहेनौ सरकार तिमीले

अंग्रेजीकरणसँगै विद्यार्थी विदेश पलायन

तर पनि तिमीलाई छैन कुनै चिन्ता !

साक्षर र शिक्षित मात्रै बनायौ तिमीले

उत्पादन र सीपको बेवास्ताले शिक्षित भयो बेरोजगार 

तर पनि तिमीलाई छैन कुनै चिन्ता !

ग्लोबलाइजेसनको नाउँमा पराधीन हुँदा नि

देशभक्त र स्वाभिमानी विद्यार्थी बनाएनौ तिमीले

तर पनि तिमीलाई छैन कुनै चिन्ता !

हरेक चाडपर्वमा स्वदेश फर्किने नेपाली

हिजोआज कुन बाध्यताले जान थाले विदेश

तर पनि तिमीलाई छैन कुनै चिन्ता !!

सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर

9841132643

योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक 





सम्बन्धित समाचार