२४ कार्तिक २०७८, बुधबार   119 पटक हेरिएको


image

पालिका एक्सप्रेस, माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभा कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे हुने भएको छ ।

सो  सभाले बोनस शेयर   १३.३० प्रतिशत र नगद लाभांश ०.७० प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल १४ प्रतिशत  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै , सभामा अन्य संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोहि सभाले पारित गर्ने रहेको छ ।

यस बैंकको लाभांश वितरण तथा सभा प्रयोजनका लागि बैंकले कार्तिक ७ गते बुक क्लोज गरिसकेको  छ । यसै कारण, कार्तिक ४ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।





सम्बन्धित समाचार