२४ कार्तिक २०७८, बुधबार   86 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्राइम लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक २३ गते मंगलबार सञ्चालक समितिको १४९ औ  बैठकले गरेको निर्णयानुसार कम्पनीको १४ औ  वार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको बोनस शेयर १५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ ।

यस इन्सुरेन्स कम्पनीले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।

त्यस कारण मंसिर ९ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र उक्त बार्षिक साधारण सभा र उक्त प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार