PalikaExpress
२३ कार्तिक २०७८, मंगलवार
459 पटक हेरिएको

पालिका एक्सप्रेस, प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।यस बैंकको कार्तिक २२ गते बसेको सञ्चालक समितिको ४३३ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १६ प्रतिशत र नगद लाभांश ०.६३१३ प्रतिशत (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) गरि कुल १६.६३१३ प्रतिशत वितरणको प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।