२२ कार्तिक २०७८, सोमबार   529 पटक हेरिएको


image

पालिका एक्सप्रेस , मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्व-साधारणका लागि असोज २० गतेबाट २५ गते सम्म जारि आईपिओ (IPO) को बाँडफाँड यहि कार्तिक १२ गते शुक्रबार भैसकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९४.३९  रूपैयाँ देखि अधिकतम २८३.१७ रुपैयाँ सम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेपाल स्टक एक्सचेन्जले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकोले यस कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को  प्रतिशेयर नेटवर्थ ९४.३९  रूपैयाँ रहेको छ जसका कारण  ९४.३९ रुपैयाँ देखि २८३.१७ रुपैयाँ पहिलो कारोबार मुल्य हुन् सक्ने छ ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन सम्म २३ लाख ९३ हजार ४२८ आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएका थिए ।

जुन मागभन्दा ४ गुणाले बढी हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गरेको हो ।जस मध्य सर्व-साधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिएका हुन् ।

यस कम्पनीको सर्ब साधारणलाई बिक्रि गरिएको  शेयर मध्य भाग्यमानी सर्व-साधारण ८ लाख १९ हजार जना आबेदकहरुले मात्र १० कित्ताका दरले गोलाप्रथाको माध्यमबाट शेयर हात  पारेका थिए भने बाँकी आवेदकको हात खालि नै रहेको थियो ।





सम्बन्धित समाचार