PalikaExpress
२२ कार्तिक २०७८, सोमबार
271 पटक हेरिएको

पालिका एक्सप्रेस,गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने कार्तिक २२ गते आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कार्तिक २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यस कारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र कम्पनीको बार्षिक साधारण सभा र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको छैठौँ वार्षिक साधारण सभा मंसिर १० गते काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर ५.५०५ प्रतिशत र नगद लाभांश .२८५ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल ५.७९ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।