
पालिका एक्सप्रेस, सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते देखि कार्तिक ८ गते सम्म सर्व-साधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर कार्तिक १६ गते मंगलबार बाँडफाँट भैसकेको छ ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/०७७ को प्रतिसेयर नेटवर्थ ९८ .७७ रूपैयाँ रहेको छ । सोहि नेटवर्थको आधारमा ३ गुणा सम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकोले न्युनतम ९८ .७७ रूपैयाँ देखि अधिकतम २९६.३१ रुपैयाँ सम्म कम्पनीको पहिलो कारोबारको ओपनिङ रेञ्ज मुल्य हुन् सक्ने देखिएको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयरको ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।
कुल निष्काशित शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा बाँकी सर्वसाधारणले ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिएका थिए ।