१८ कार्तिक २०७८, बिहीबार   172 पटक हेरिएको


image

पालिका एक्सप्रेस , सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

यस पावर कम्पनीको ७ लाख ३३ हजार २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ लाख ३३ हजार २५० कित्ता शेयरको ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 





सम्बन्धित समाचार