१८ कार्तिक २०७८, बिहीबार   600 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मन्दाकिनी हाइड्रोपावर लिमिटेडले  साधारण शेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर जारि गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका हो । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ लाख ६४ हजार १ सय १० कित्ता  शेयरको  १७ करोड ६४ लाख ११ हजार रूपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यहि कार्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ  ।

यस हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि बीओके क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ ।





सम्बन्धित समाचार