PalikaExpress
१८ कार्तिक २०७८, बिहीबार
579 पटक हेरिएको

पालिका एक्सप्रेस, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर जारि गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका हो । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४७ लाख ७९ हजार कित्ता शेयरको ४७ करोड ७९ लाख रूपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यहि कार्तिक १० गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
यस हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।