PalikaExpress
१५ कार्तिक २०७८, सोमबार
361 पटक हेरिएको

पालिका एक्सप्रेस, एनएमबी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको यहि कार्तिक १२ गते बसेको सञ्चालक समितिको ४२७ औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १२.५० प्रतिशत र नगद लाभांश ३.३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।