१५ कार्तिक २०७८, सोमबार   248 पटक हेरिएको


image

पालिका एक्सप्रेस, हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण शेयर जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ  ।

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

शेयर निष्काशन गर्न हाथवे इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी प्राप्त भएको छ ।





सम्बन्धित समाचार