PalikaExpress
१५ कार्तिक २०७८, सोमबार
313 पटक हेरिएको

पालिका एक्सप्रेस, मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको यहि कार्तिक १२ गते बसेको सञ्चालक समितिको २६० औ बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १७.५७५ प्रतिशत र नगद लाभांश ०.९२५ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी १५ औ बार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।