PalikaExpress
१५ कार्तिक २०७८, सोमबार
553 पटक हेरिएको

पालिका एक्सप्रेस, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।यस इन्स्योरेन्स कम्पनीको यहि कार्तिक १३ गते बसेको सञ्चालक समितिको ३०१ औ बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १२.७० प्रतिशत र नगद लाभांश ०.६६८४ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश श्री बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी वितरण गरिनेछ ।