१४ कार्तिक २०७८, आईतवार   328 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १४ गते अन्तिम रहेको छ।बैंकले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका  कात्तिक १५ गते बुक क्लोज गर्ने भएको हो ।

जसका कारण आज सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले बैंकको बार्षिक साधारण सभा र लाभांश प्राप्त गर्न सक्नेछन्।यस बैंकले मंसिर २ गते बिहीबार २७ औ  वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने जनाएको छ  ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको बोनस शेयर १२ प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत गरी कुल १५.५० प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।





सम्बन्धित समाचार