१४ कार्तिक २०७८, आईतवार   130 पटक हेरिएको


image

पालिका एक्सप्रेस,गरिमा विकास बैंक र सहारा विकास बैंकले यहि कात्तिक २८ गते बाट एकिकृत कारोबार शुरु गर्ने भएका छन् ।सहारा विकास बैंक (“ख” वर्ग जिल्लास्तर ) लाई गरिमा विकास बैंक (“ख” वर्ग रास्ट्रियस्तर) ले छुट्टाछुट्टै विशेष साधारण सभा गरी एक्विजिशन सम्बन्धि बिशेष प्रस्ताब पारित भएको थियो ।

गरिमा विकास बैंकको  भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गरेको थियो।

एक्वायर अर्थात प्राप्ति गरेपश्चात  सो दिन देखि गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो। यस बैंकको एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको थियो।

साथै बैंकको प्राप्ति पश्चात केन्द्रिय (रजिस्टर्ड) कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहने भएको छ।





सम्बन्धित समाचार