१२ कार्तिक २०७८, शुक्रबार   309 पटक हेरिएको


image

बेमौसमी वर्षातले रित्तिँदै बहुसंख्यक किसानको भकारी

वैदेशिक ऋण र अनुदानको तलबमा रमाएका सरकारी कर्मचारी !

बहुसंख्यक संसारका मनुष्यको मुख्य खाद्यबाली धान

बहुमत जनताको हित अनुकूल भएन हाम्रो संविधान !

किसानको आँशु र पीरमर्कामा साथ कता हो कता

हाम्रो नेता आफ्नो कुर्सी र सत्ताका लागि घरि यता उता !

मिहिनेत र परिश्रमले भित्र्याउन ठिक्क परेको धान स्वाहा

हुनेछ एमसीसीको डलरले देश र संविधान नै स्वाहा !

बेमौसमी वर्षातले देशभर बाढी पहिरो विपत्तिको वितण्डा

सरकार र प्रतिपक्षलाई एमसीसीको डलर नपाउँने धन्दा !!

सत्य राम कासिछ्वा

भक्तपुर, सुर्यमढी-९





सम्बन्धित समाचार