१२ कार्तिक २०७८, शुक्रबार   99 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।संस्थाको कार्तिक ११ गते बसेको सञ्चालक समितिको ११९ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र नगद लाभांश १.१३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी  वितरण गरिनेछ  ।





सम्बन्धित समाचार