११ कार्तिक २०७८, बिहीबार   182 पटक हेरिएको


image

पालिका एक्सप्रेस,गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।यस लघुवित्त वित्तीय संस्थाको कार्तिक १० गते बसेको सञ्चालक समितिको ८७ औ  बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात संस्थाका शेयर लगानीकर्ताहरुलाई वितरण गरिनेछ  ।





सम्बन्धित समाचार