११ कार्तिक २०७८, बिहीबार   161 पटक हेरिएको


image

पालिका एक्सप्रेस , नेपाल स्टक एक्सचेन्जमा  कार्तिक ११ गते आज बिहीबार तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीको ४० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको जनाएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४.७४ रूपैयाँ देखि अधिकतम २५४.२२ रुपैयाँ सम्म ओपनिङ रेञ्ज(शुरुवात मुल्य) निर्धारण गरेको छ ।

अब आइतबारबाट यस तेह्रथुम पावर कम्पनी लिमिटेडको दोस्रो बजारबाट खरिद बिक्रि गर्न सकिने भएको छ ।





सम्बन्धित समाचार