१५ कार्तिक २०७७, शनिबार   43 पटक हेरिएको


image

मेष 

आजको दिन तपाईले शुभ तथा लाभदायक स्थानको यात्रा होला, माता पिता तथा पृयजनसँग मिलन होला, धनमानमा वृद्धि होला, नसोचेको स्थानबाट धन प्राप्त होला।

वृष 

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।लाभदायक यात्रा रहला ।

मिथुन 

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। अरूलाई प्रभावित पार्न धेरै बढी खर्च नगर्नुहोस्। साथीहरूसँग साँझमा बाहिर जानुहोस् – यसले तपाईंलाई धेरै राम्रो गर्नेछ। प्रेम मामिलामा सशक्त नहुनुहोस्। आज तपाईंको आफ्नो जोडीसित गम्भीर तर्क हुन सक्छ।

कर्कट 

परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

सिंह 

आजको दिन व्यर्थ भ्रमण , ज्वरो आउने, शस्त्र,अग्नि तथा चोरको भय रहला, बन्धुवियोग तथा राज्यपक्षबाट दण्डजरिवाना हुनसक्छ, तर मध्याह्न पछी केही राम्रो छ।

कन्या 

तपाईंको व्यक्तिगत समस्याले मानसिक आनन्द बर्बाद गर्न सक्छ तर आफैलाई यी दबाबबाट बचाउनको लागि रोचक कुराहरू पढेर केही मानसिक व्यायाम गर्न सक्नुहुन्छ। तपाईंले आज आफ्नो घर र घरको वरिपरि केही प्रमुख परिवर्तन गर्ने धेरै सम्भावना छ। केही विशेष आश्चर्य गरेर तपाईंको जीवनसाथीले तपाईंलाई नराम्रो मुडबाट छुटकारा दिलाउनेछ।

तुला 

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नसक्छ ।

वृश्चिक 

तपाईंको आज घर जग्गाको कारोबार हुनसक्छ, पुत्र तथा पौत्रको आगमन हुनसक्छ,शत्रुको नाश होला, राज्यसुख तथा साहसी बनाउला तपाईंको बिद्धताको चौतर्फी प्रशंसा होला।

धनु 

स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

मकर 

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।

कुम्भ 

जेल तथा बन्धनबाट मुक्ति होला, शत्रुहरु परास्त होलान्,धन तथा मानमा वृद्धि होला तपाईंको विद्धताको तारिफ हुनेछ, कुनै रचनात्मक कार्यमा मन जाला दिनभर प्रसन्न रहनुहुनेछ।

मीन 

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार