१० कार्तिक २०७८, बुधबार   371 पटक हेरिएको


image

पालिका एक्सप्रेस,एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारितका लागि मंसिर ५ गते चौथों बार्षिक साधारण सभाको आहवान गरेको छ ।

सो साधारण सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली, धरानमा हुने जानकारी गराएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित नगद लाभांश ५.४१ प्रतिशत वितरणको प्रस्ताव पारित गर्नेछ ।यसै गरी सोहि सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहको २ जना गरी ६ जना सञ्चालकहरु समेत चयन गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज  कात्तिक २३ गते १ दिन बन्द गर्ने भएको छ । यस आधारमा कात्तिक २२ गतेसम्म कायम शेयरधनीले सो बार्षिक  साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन  ।





सम्बन्धित समाचार