८ कार्तिक २०७८, सोमबार   316 पटक हेरिएको


image

पालिका एक्सप्रेस,  सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते देखि कार्तिक ८ गते आज सम्म सर्व-साधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयरमा  ३९ गुणा भन्दा बढी आवेदन परेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयरको ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

कुल निष्काशित शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणले ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन खुल्ला गरेको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको अनुसार सोमबार बेलुका ५ बजे सम्ममा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयर माग भएको छ ।

यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९.६७ गुणा बढी हो ।





सम्बन्धित समाचार