८ कार्तिक २०७८, सोमबार   129 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिद्धार्थ बैंक लिमिटेडले लाभांशको घोषणा गरेको छ। यस सिद्धार्थ बैंक लिमिटेडको कार्तिक ७ गते बसेको सञ्चालक समितिको ३८१ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १४.२५ प्रतिशत र नगद लाभांश ०.७५ प्रतिशत (कर प्रयोजनका  लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको छ  ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।





सम्बन्धित समाचार