८ कार्तिक २०७८, सोमबार   500 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल बैंक लिमिटेडले लाभांश घोषणा  गरेको छ । यस बैंकको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर १४ प्रतिशत र नगद लाभांश ३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।





सम्बन्धित समाचार