८ कार्तिक २०७८, सोमबार   113 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई वितरण गर्नको लागी लाभांश घोषणा गरेको छ  ।

यस लाघु वित्त संस्थाको कार्तिक ५ गते बसेको सञ्चालक समितिको१६८ औ बैठकले गरेको निर्णयानुसार  गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बोनस सेयर ३० प्रतिशत र नगद  लाभांश १.५७८९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।





सम्बन्धित समाचार