७ कार्तिक २०७८, आईतवार   371 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कुमारी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने कार्तिक ७ गते आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि  कार्तिक ८ गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसकारण  कार्तिक ७ गते आज सम्म नेप्सेमा कारोबार  भई कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र सो प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते काठमाण्डौंमा भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको छ । सो सभामा बैंकको असोज  ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस  सेयर र नगद लाभांश २.६७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसै सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक वित्तीय विवरण ,वासलात , नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका अन्य अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने आदि कार्यहरु लगायतका प्रस्तावहरू सोहि सभाले पारित गर्नेछ  ।





सम्बन्धित समाचार