७ कार्तिक २०७८, आईतवार   827 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सानिमा बैंक र माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ ।  नेप्सेले सानिमा बैंकको बिहीबारको अन्तिम कारोबार मूल्य ४८८.८० रुपैयाँका आधारमा १७  प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ४१७.७८  रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो।

त्यसैगरी, नेप्सेले माछापुच्छ्रे बैंकको बिहीबारको अन्तिम कारोबार मूल्य ३६४.९० रुपैयाँका आधारमा १३.३० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२२.०७  रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुको बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सानिमा बैंकले कात्तिक १४ गते आईतबार काठमाडौंमा १७ औं वार्षिक साधारण सभाको  आहवान गरेको  छ। सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी ,माछापुच्छ्रे बैंकले कात्तिक २६ गते पोखरामा २३ औ वार्षिक साधारण सभाको आह्वान गरेको  छ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।





सम्बन्धित समाचार