PalikaExpress
६ कार्तिक २०७८, शनिबार
316 पटक हेरिएको

पालिका एक्सप्रेस,सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३३४.५५ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।
बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा यहि कार्तिक १६ गते काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुने जनाएको छ ।

सभामा बैंकको सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई बोनस शेयर १० प्रतिशत र नगद लाभांश ०.५२६३ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ ।