५ कार्तिक २०७८, शुक्रबार   235 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको  साधारण शेयर (आईपीओ) मा मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार शुक्रबार बेलुकासम्म १ अर्ब १३ करोड ८६ लाख २३ हजार बराबरको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयरको ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

कुल निष्काशित शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणले ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस कम्पनीको  शेयरमा सर्व-साधारणले छिटोमा कात्तिक ८ गतेसम्म र ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिने सकिने छ।यस पावर कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन ।

यस पावर कम्पनीको शेयरमा सर्व-साधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार