PalikaExpress
५ कार्तिक २०७८, शुक्रबार
230 पटक हेरिएको

पालिका एक्सप्रेस ,अपी पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
अपी पावर लिमिटेडको गत असोज २५ गते र नेपाल फाइनान्स लिमिटेडले गत कात्तिक १ गते आवेदन दिएका हुन्। अपी पावरले १:०.३९३६ अनुपातमा रुपैंया १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नको लागि आबेदन दिएको छ ।
यस कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसैगरी नेपाल फाइनान्स लिमिटेडले १:०.७० को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।
यस नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेका छन्।
