५ कार्तिक २०७८, शुक्रबार   921 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रति कित्ता शेयर १०० रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता शेयरको १९ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले सो साधारण शेयर जारी गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले हस्ताक्षर गरेका छन् ।





सम्बन्धित समाचार