
पालिका एक्सप्रेस , हिमालयन रिइन्स्योरेन्स लिमिटेड कम्पनीको प्रथम बार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रवार हुने भनिएको सभा अब कार्तिक २६ गते शुक्रबार होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुने भएको छ ।
यसअघि कम्पनीको साधारण सभा कार्तिक १२ गते शुक्रबार गर्ने भनिएकोमा काबु बाहिरको परिस्थितिहरूका कारणले गर्दा स्थगित भएको थियो ।
कम्पनीको भाद्र ३० गते बसेको संचालक समितिको १६ औ बैठकको निर्णयानुसार सभा हुन लागेको हो ।सोही सभामा संचालक समितिबाट आ.ब. २०७७/०७८ को प्रथम बार्षिक प्रतिबेदन ,लेखा परीक्षकको प्रतिबेदन सहितको वासलात ,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण ,तथा सम्बंधित अन्य बिबरणहरु उपर छलफल गरी पारित गर्ने भएको छ ।
सोही सभाले लेखा परीक्षक नियुक्ति,स्वतन्त्र संचालकको नियुक्ति ,संचालकको पारिश्रमिक ,भत्ता तथा सुबिधा आदिबारे छलफल गरी पारित गर्ने भएको छ ।
साथै सोही सभाले सर्ब-साधारणका लागी साधारण शेयर निष्काशन (IPO)जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने भएको छ ।
