३ कार्तिक २०७८, बुधबार   130 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कुमारी बैंक (KBL) ले २१औं वार्षिक साधारण सभा कात्तिक १६ गते आहवान गरेको छ । बैंकको यहि असोज २५ गते बसेको सञ्चालक समितिको ११-०७८/०७९ को बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा बैंकको नक्सालस्थित कार्यालयमा बिहान ११:३० बजे शुरु हुनेछ । सो सभाले बोनस शेयर ६ प्रतिशत र नगद लाभांश २ दशमलव ६७ प्रतिशत (कर सहित) गरी कुल ८.६७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने तथा सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ति तथा एक्विजिशन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

 बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसकारण  कात्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन ।





सम्बन्धित समाचार