३ कार्तिक २०७८, बुधबार   176 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले संशोधन सहित लाभांश परिमार्जन गरेको छ ।  बैंकले जारि गरेको कुल लाभांशमा एउटै रहने गरी बोनस शेयर  बढाएर नगद लाभांश घटाएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले १२.६१११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।

यसअघि जारि गरेको लाभांशमा  गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घोषणा  गरिएको थियो । 





सम्बन्धित समाचार