
पालिका एक्सप्रेस, रैराङ हाइड्रोपावरको लाभांश प्राप्त गर्न लागि आज अन्तिम दिन रहेको छ । हाइड्रोपावर कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बिहीबार कात्तिक ४ गते बुक क्लोज गर्ने भएको छ ।
यस कारण आज कात्तिक ३ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन । रैराङ हाइड्रोपावरले शेयरधनीलाई १२.६% नगद लाभांश वितरण गर्दैछ ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक १७ गते साधारण सभाको आह्वान गरेको छ । सो सभामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा गाभिने विशेष प्रस्ताव कम्पनीले पेश गर्दैछ ।
यस्तै, गत आर्थिक वर्षको नाफाबाट १२.६% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।
त्यसै गरी ,आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा लेखापरीक्षक पारिश्रमिक निर्धारण गरी पारित गर्ने छ ।