३ कार्तिक २०७८, बुधबार   204 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सामलिङ्ग पावर कम्पनी लिमिटेडले यही कात्तिक ४ गते भोलि देखि सर्व-साधारणका लागि (साधारण शेयर)आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयरको ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

कुल निष्काशित शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणले ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यस कम्पनीको  शेयरमा सर्व-साधारणले छिटोमा कात्तिक ८ गतेसम्म र ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिने सकिने छ।यस पावर कम्पनी शेयरमा न्यूनतम १० कित्ता अधिकतममा २० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।कम्पनीको शेयरमा सर्व-साधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार