३ कार्तिक २०७८, बुधबार   93 पटक हेरिएको


image

पालिका एक्सप्रेस, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नेप्सेमा मूल्य समायोजन भएको छ । यस लघुवित्त संस्थाको २५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १,४१५.२० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले हिजो कार्तिक ०२ गते मंगलबारको अन्तिम कारोबार मूल्य १७६९ रुपैयाँका आधारमा मूल्य समायोजन  प्रतिकित्ता १,४१५.२० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

यस लघुवित्त संस्थाको पाँचौ वार्षिक साधारण सभा कार्तिक १३ गते शनिबार होटल गोरखा, बिसौनी गोरखामा हुँदैछ ।सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस शेयर २५ प्रतिशत र नगद लाभांश १.३१ प्रतिशत (कर प्रयोजनका लागि)  गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ ।





सम्बन्धित समाचार