२ कार्तिक २०७८, मंगलवार   338 पटक हेरिएको


image

पालिका एक्सप्रेस,सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट यहि असोज २४ गते अनुमति पाए संगै अबको केहि दिनमा   ऋणपत्र निष्काशन गर्ने भएको  छ।

बैंकले ‘९ %,१० बर्ष,सिभिल बैंक डिबेंचर २०८८’ नामक  ऋणपत्र निष्काशन गर्ने भएको हो।बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा  ३० लाख कित्ताको ३ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति असोज  २४  पाएको छ  ।

सो ऋणपत्रहरु मध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट  अन्य संघसंस्थालाई बिक्री गर्ने लागेको छ। 

यस बैंकको उक्त ऋणपत्रमा बिक्री प्रबन्धक तथा निष्कासनको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिको ९% व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।





सम्बन्धित समाचार