२ कार्तिक २०७८, मंगलवार   585 पटक हेरिएको


image

पालिका एक्सप्रेस,आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ )निष्काशन गर्ने भएको छ ।यस लघुवित्त कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर १०० रुपैया अंकित दरमा ६० हजार कित्ता शेयरको ६० लाख रुपैयाँ बराबरको (साधारण शेयर )आईपीओ निष्काशन गर्न यहि असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

यस लघुवित्त कम्पनीको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने सो बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस लघुवित्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।





सम्बन्धित समाचार