२ कार्तिक २०७८, मंगलवार   164 पटक हेरिएको


image

पालिका एक्सप्रेस, साधना लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कात्तिक १३ गते बिहान ११ बजे  होटल गोरखा बिसौनी ,गोरखामा हुने भएको छ ।

यस लघुवित्त कम्पनीको बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ३ गते देखि बुक क्लोज गर्दैछ। जसकारण आजसम्म नेप्सेमा कारोबार भई  कायम शेयरधनीहरुले मात्र यस कम्पनीको सभा तथा लाभांश प्राप्त गर्ने छन ।

त्यसकारण यस संस्थाको मुनाफाबाट वितरण गर्ने लाभांश सुरक्षित गर्ने आज कात्तिक २ गते अन्तिम दिन रहेको छ। यस लघुवित्त कम्पनीले हाल कायम चुक्ता पूँजीको बोनस शेयर २५ प्रतिशत र नगद लाभांश १.३१ प्रतिशत (कर प्रयोजनक लागि ) गरी कुल २६.३१ प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्वीजिशन गर्ने सम्बन्धित कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।





सम्बन्धित समाचार