
पालिका एक्सप्रेस,अभियान लघु वित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा कार्तिक १३ गते पनौती-४ ,काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुने भएको छ ।
यस लघुवित्त कम्पनीको संचालक समितिको ६० औ बैठकको निर्णयानुसार सभा हुन् लागेको हो ।सो सभामा समितिको अध्यक्षले प्रस्तुत गर्नुहुने आ.ब.२०७७/०७८ को बार्षिक प्रगति प्रतिबेदन उपर छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण उपर छलफल गर्नुका साथै आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको बार्षिक साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव तथा अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुबित्त वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बिषय उपर छलफल गरी पारित गर्ने छ।
साथै सर्बसाधारणको लागि छुटाइएको शेयर नियमानुसार सार्बजनिक निष्काशन गर्ने आदि बिषय उपर छलफल गरी पारित गर्ने भएको छ ।
