२ कार्तिक २०७८, मंगलवार   493 पटक हेरिएको


image

पालिका एक्सप्रेस,साल्ट ट्रेडिंग  कर्पोरेसन लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ ।कम्पनीको २० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६५७४.१७ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ७८८९ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको छ ।यस कम्पनीको ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते हुने भएको छ । 

सभामा कम्पनीको चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ.व. २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर तथा नगद लाभांश ५ प्रतिशत ( कर प्रयोजनका लागि) गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।





सम्बन्धित समाचार