१ कार्तिक २०७८, सोमबार   139 पटक हेरिएको


image

पालिका एक्सप्रेस,गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते हुने भएको छ ।सो बार्षिक साधारण सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको  छ ।

यस लघुवित्त कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको १०२ औ  बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र नगद लाभांश ०.८८९८ प्रतिशत (कर प्रयोजनका लागि) कुल १६.९०६४ प्रतिशत वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनी बार्षिक साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव तथा, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

सो सभाले आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण उपर छलफल गर्नुका  साथै आ.व. २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले सो बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनाको लागि कात्तिक ८ गते देखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यसैको आधारमा  कात्तिक ७ गतेसम्मका कायम शेयरधनीले मात्रै सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन  ।





सम्बन्धित समाचार