१ कार्तिक २०७८, सोमबार   328 पटक हेरिएको


image

पालिका एक्सप्रेस,जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्ने भएको छ । लघुवित्त संस्थाले ५ लाख २२ हजार कित्ता  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा  ५ करोड़ २२ लाख रुपैया बराबरको साधारण शेयर  निष्कासन गर्न लागेको हो ।

यस लघु बित्त कम्पनीले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेपछि साधारण शेयर  निष्कासन गरिनेछ ।

यस लघुवित्त संस्थाले साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। यस लघुवित्त कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि इक्रा नेपालमा  रेटिङ सम्पन्न गरेको छ ।

संस्थाको साधारण शेयर  लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ ।





सम्बन्धित समाचार