३१ आश्विन २०७८, आईतवार   195 पटक हेरिएको


image

पालिका एक्सप्रेस, आइसिएफसी फाईनान्स लिमिटेडले आफ्ना शेयर लगानिकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको यही असोज २५ गते बसेको सञ्चालक समितिको २८७ औ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आ.व. २०७७/ ०७८ को मुनाफाबाट शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई बोनस शेयर १० प्रतिशत र नगद लाभांश ४ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्ताबित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाए पश्चात र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई बितरण गरिने छ ।





सम्बन्धित समाचार