PalikaExpress
३० आश्विन २०७८, शनिबार
285 पटक हेरिएको

पालिका एक्सप्रेस,नेरूडे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत असोज २४ गते बसेको सञ्चालक समितिको २७९ औ बैठकको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २१.४८७५ प्रतिशत र नगद लाभांश १.१३०९ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २२.६१८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त सभाले गरेको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पछी शेयरधनीहरूलाई वितरण गरिनेछ ।
