२९ आश्विन २०७८, शुक्रबार   154 पटक हेरिएको


image

समान अधिकार
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

योग्यता अनुसारको काम
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

काम अनुसारको ज्याला
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

शिक्षामा जीवन गुजाराको सीप
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

भारतीय अतिक्रमण
रोकेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

वैदेशिक हस्तक्षेप
रोकेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

विकासका पूर्वाधार स्थानान्तरण
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

केन्द्रीकृत शासन विकेन्दि्रत
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

सामाजिक न्याय स्थापना
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

राजनीति दलगत अहम्
त्यागेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

राष्ट्रिय हित विपरीतको एमसीसी खारेज
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ !!!

सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर
9841132643
योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक
पेशा: पुर्व पुस्तकालय कर्मी तथा शिक्षक
हाल: राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै





सम्बन्धित समाचार

तर पनि तिमीलाई छैन कुनै चिन्ता

 २५ कार्तिक २०७८, बिहीबार  

विपत्तिमा नि एमसीसी ? सरकार !

 १२ कार्तिक २०७८, शुक्रबार  

यात्राको पात्र म

 १२ आश्विन २०७८, मंगलवार  

एमसीसी खारेज गर्नु नै वेश !!!

 ५ आश्विन २०७८, मंगलवार