२९ आश्विन २०७८, शुक्रबार   356 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको यहि असोज २५ गते बसेको ३८० औ बैठकले गरेको निर्णयानुसार १५ औं वार्षिक साधारण सभा कम्पनीले कात्तिक १६ गते आह्वान गरेको छ ।

बैंकले गत आ.व २०७७/०७८ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर १२.९१३ प्रतिशत र नगद लाभांश ३.०८७ प्रतिशत गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुक क्लोज मिति तय गरेको छ ।यस आधारमा असोज २१ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।





सम्बन्धित समाचार